भ्रष्टाचार विरुद्ध सदाचार चलचित्र ‘सयकडा दश’ पोस्टर सार्वजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ : चलचित्र ‘सयकडा दश’ को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । भ्रष्टाचार विरुद्ध सदाचार सन्देश बोकेको चलचित्र ‘सयकडा दश’को सार्वजनिक पोस्टरमा चलचित्रका सम्पुर्ण मुख्य कलाकारलाई स्थान दिइएको छ । रामशरण पाठकले निर्देशन गरेको चलचित्रले प्रेम र समाजमा आर्थिक भ्रष्टाचारले पर्ने असरको कथालाई बोल्ने छ । मनोज गजुरेलले यही चलचित्रबाट नेपाली चलचित्रमा डेब्यु गरेका छन् । चलचित्रमा मनोज गजुरेलका अलवा राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राई, उत्सव न्यौपानेको मुख्य भूमिका रहेको छ चलचित्रको कथा स्वयम निर्देशक रामशरण पाठकले लेखेका हुन् ।

दर्शन नेपाल क्रिएसनको ब्यानरमा निर्माण भएको चलचित्रमा रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय, संजीव न्यौपानेको लगानी रहेको छ । चलचित्र माघ १८ गते बाट सार्बजनिक प्रदर्शनमा आउनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.