नेपाली र अंग्रेजी भाषामा बनेको चलचित्र ‘दि म्यान फ्रम काठमाडौं’को गीत तथा ट्रेलर सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ : नेपाली र अंग्रेजी भाषामा निर्माण गरिएको नेपाली चलचित्र ‘दि म्यान फ्रम काठमाडौं’ को रोमान्टिक पोस्टर, गीत र नयाँ ट्रेलर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौंमा बिहिबार एक कार्यक्रमको आयोजना गरि गीत, ट्रेलर र पोस्टर सार्वजनिक गरिएको हो ।

‘दि म्यान फ्रम काठमाडौं’को नयाँ एक्सन ट्रेलर पनि सार्वजनिक गरिएको थियो । चलचित्रको यसअघि सार्वजनिक ट्रेलरले दर्शक तथा चलचित्रकर्मीबाट राम्रो प्रतिक्रिया पाएको थियो । नयाँ ट्रेलर र सार्बजनिक गीतले पनि सकारात्मक प्रतिक्रिया पाउनेमा निर्माण टिम बिस्वस्त रहेको छ ।

सार्वजनिक गीतमा स्वर निकिता श्रेष्ठको छ भने शब्द संगीत जेसन कुवंरको रहेको छ । चलचित्रलाई कार्लोस मेडिनाले खिचेका हुन् । नेपालसँगै हलिउड, बलिउड र पाकिस्तानी कलाकारको समिश्रण रहेको चलचित्रलाई पेमा धोन्डुपले निर्देशन गरेका छन् ।

निर्देशक पेमासँगै नकिम उद्धिनको निर्माण बनेको चलचित्रमा भारतिय कलाकार गुल्सन ग्रोबर,हलिउड कलाकार जोसे मानुइल, पाकिस्तानी कलाकार हमिद शेखसँगै नेपाली कलाकार नीर शाह, कर्मा शाक्य,आना शर्मा, मिथिला शर्मा, शिशिर बाङ्देल, सुनिता ठाकुर, परमिता आर एल रानाको अभिनयमा छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.