(सेलीब्रेटी नेपाल ) १३ फागुन- दिनेश डिसीले निर्देशक समाजको महासचिब पद बाट अचानक राजिनामा दिएका छन् ।गत पौष ६ गते कार्यसमिति सदस्यबाट महासचिव पदको जिम्मेबारी पाएका डिसीले विविध असन्तुष्टी जनाउदै आज निर्देशक समाजमा आफ्नो राजिनामा पत्र पठाएका हुन । उनले आफैले डेब्यू गराएको हिरो गजित बिष्ट मार्फत समाजमा राजिनामा पत्र पठाएका हुन । चलचित्र कर्मिको आन्दोलन लाई डिसीले स्वीकारेका थिएनन जुन समय देखि समाजका अन्य पदाधिकारी र उनीबीच दुरी बढेको थियो । डिसीले आज अचानक राजिनामा दिदा निर्देशक समाजमा तनाव उत्पन्न भएको छ । यध्यपी समाजका अध्यक्ष विमल पौडेलले डिसीसंग एक पटक छलफल गरेर मात्र उनको राजिनामा स्वीकृत गर्ने वा नगर्ने भन्ने बिषयमाथि निर्णय गरिने प्रतिक्रिया दिएका छन् ।
काठमाडौँ। नेपाली जीवन मुग्लाने जीवन हो। यही मुग्लाने जीवनले नेपालीहरूलाई संसारका कुनाकुनासम्म पुर्याएको छ। नेपालबाहिर रहेका नेपालीहरूले नेपाललाई सधैं पितृभूमिका रूपमा मनमा सजाएका छन्। नेपाली भाषा, संस्कृति र संस्कारले...
काठमाडौँ। नेपाली टेलिभिजन दर्शकहरूका लागि प्रिय नाम बनिसकेका केदार घिमिरे (माग्ने बुढा) पछिल्लो समय फेरी चर्चामा छन्। कारण ६१ लाख रुपैयाँ पारिश्रमिक। ‘मेरी बास्सै’ मार्फत घर-घरमा हास्य र सामाजिक व्यङ्ग्य पुर्याएका माग्ने...
काठमाडौँ। कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण हुने दोस्रो सिनेमा ‘पेन्सनपट्टा’मा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन् । यो उनीहरुको दोस्रो सहकार्य हो । यसअघि कलाकार माओत्से गुरुङको डेव्यु निर्देशकिय सिनेमा ‘दयारानी’मा...
काठमाडौं । घनश्याम लामिछानेको निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘चित्रा’ अब विश्वभरका दर्शकले प्राइम भिडियो (अमेजन प्राइम भिडियो) मार्फत हेर्न सक्ने भएका छन् । वि.सं. २०८० सालको पुष २७ गते नेपालमा सार्वजनिक प्रदर्शनमा आएको यो...
काठमाडौ। मिलन तामाङको निर्देशन र रोहित अधिकारीको निर्माणमा तयार भइरहेको फिल्म ‘माइतीघर’को अस्ट्रेलिया राइट्स महँगो रकममा बिक्री भएको छ। आगामी दशैंको फूलपातिबाट विश्वभर एकसाथ प्रदर्शनमा आउने यो फिल्मको फस्टलुक अहिलेसम्म रिलिज...
काठमाडौँ। नेपाली भाषा तथा नेपाली संस्कृतिको प्रवर्धन तथा श्रीवृद्धिमा योगदान दिने उद्देश्यले निर्माण गरिएको नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ को निर्माण संस्थालाई नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको...