
सेलिब्रेटी नेपाल
काठमाडौँ: चलचित्र ‘बुलबुल’को टिजर सार्वजनिक गरिएको छ । ४५ दिन अघि बाटोमा कलकारलाई नचाएर बेग्लै तरिकाले गीत सार्वजनिक गरेको बुलबुलको टिजर सार्वजनिक गरिएको छ । चलचित्रको एक दृश्यजस्तो लाग्ने टिजरमा नायिका स्वस्तिमा खडका फिचर्ड छिन् । नवनायक मुकुन भुषाल पनि टिजरमा देखिएका छन् ।
फागुन ३ गते भ्यालेन्टाइन डेको छेको पारेर प्रदर्शनमा आउने चलचित्र ‘बुलबुल’
लाइ विनोद पोडेलले निर्देशन गरेका हुन्। निर्माता अविरल थापाले निर्माण गरेको चलचित्रमा स्वस्तिमा खड्काका अलावा नव अभिनेता मुकुन भुसाल, बुद्धि तामाङ्ग, दिपक क्षेत्री, लक्ष्मी बर्देवा, एलिना कार्की, जोयश पाण्डे, उज्जल अधिकारी, सृष्टि भट्टराईको मुख्य भूमिका रहेको छ ।