दिपशिखाले किन मिस गरिन् मौसमलाई (भिडियो)


सेलिब्रेटी नेपाल
काठमाडौँ: चलचित्र ‘प्रेमलीला’ को दोश्रो गीत सार्वजनिक गरिएको छ । अन्तर्देशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको चलचित्र को ‘मिस गरेँ’ सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतको भिडियोमा दिपशिखा खड्का र मौसम खड्का फिचर्ड छन् । सार्वजनिक गीतमा डा कृष्णहरी बरालको शब्द, हरी लम्सालको संगीत रहेको छ भने युवराज चौलागाई र मेलिना राईको स्वर छ । सार्वजनिक भिडियोमा पवन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । यसअघी चलचित्रको फर्स्ट लुक पोस्टर र हिन्दी भर्सनको गीत सार्वजनिक भइसकेको छ ।

दीपशिखा खड्का र मौसम खड्कासंगै भारतीय मोडल अली खानको मुख्य भूमिका रहेको चलचित्रमा सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायत रहेका छन् । अभिनेत्री खड्का कै कथा, पटकथा तथा संवाद रहेको चलचित्रलाई नानीमैया कार्की र फैजिल फिल्म्सले निर्माण गरेको हो । सुनिल मानन्धरले वितरण गर्न लागेकोचलचित्र माघ २५ बाट देशभर प्रदर्शन हुँदैछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.