संगीतकार चेतनको आग्रह ‘एक भई जुटौ नेपाली हो’ (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ : संगीतकार तथा गायक चेतन सापकोटाको ‘एक भई जुटौ नेपाली हो’ बोलको गीत सार्वजनिक गरिएको छ । जेनू बस्नेतको शब्द रचना रहेको गीतमा चेतन सपकोटाको संगीत तथा गायक प्रमोद खरेलको स्वर रहेको छ ।

दिनेश सुनामको संगीत संयोजन रहेको गीतको भिडियोमा चितवनको पर्यटकिय स्थलहरु बीसहजारी ताल, उपरदागं गढ़ी, सानु गढी पटियानी थारु बस्ती लगायत विभिन्न रमणिय स्थलमा छायांकन भएको भिडियोमा चितवनलाई बिकास निर्माण र समृद्धिको नमुना शहरको रुपमा देखाईएको छ ।

भरतपुर, पटिहानी र उपरदाङगढीमा छांयाकन गरिएको गीतमा भरतपुर महानगरपालिकाले गरेको बिभिन्न सामाजिक गतिबिधीलाई देखाईएको छ भने गीतको माध्यमबाट सबै नेपालीलाई एक भई बिकासको कार्यमा अगाडी बढ्न आग्रह गरिएको छ । टेकेन्द्र शाहको संपादन, बिशाल भट्टको छायांकन रहेको म्यूजिक भिडियोलाई स्वयं संगीतकार सापकोटाले निर्देशन गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.