सेलिब्रेटी नेपाल
काठमाडौँ :आफ्नो भाषा, संस्कृति संरक्षणका लागि तामाङ समुदाय पनि सकृय रुपले लागि परिरहेका छन् । यसै क्रममा तामाङ कथानक चलचित्र ‘कृप्’ निर्माण हुने भएको छ । सोमबार लगनखेलको बटुक भैरब मन्दिरमा चलचित्र कलाकार संघका कार्यबाहक अध्यक्ष सानुकुमार ताम्राकारको प्रमुख आतिथ्यतामा चलचित्र ‘कृप्’ को शुभमूहर्त सम्पन्न भयो ।
समसामयिक प्रेमकथामा आधारित एक्शन प्रधान चलचित्र ‘कृप्’ मा डि.बि. लोप्चन, राज तामाङ, लक्ष्मी मोक्तान, मन्सु लामाको मुख्य भूमिका रहने छ । माता कृष्णमाया स्मृति फिल्मस्को प्रस्तुति रहने ‘कृप्’मा राज बस्न्यात र अमृत लामाको संयुक्त निर्देशन रहने छ । निर्माता मनोज लामा, द्वन्द सञ्जु डंगोल, नृत्य कुमार थापा, कथा एम.बि लामा ‘मनोज’, पटकथा, सम्वाद, संगित अमृत लामाको रहेको छ ।