रीमा र बेनिशा लेजबियन बन्दा (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ : २१औँ सताब्दीमा दौडी रहँदा समाज धेरै परिवर्तन भइसकेको छ । पहिले नौलो लाग्ने हर कुरा आज भोली सामान्य हुँदै गएका छन् । त्यसको एक उदाहरण हो मानिसले आफ्नो लैङ्गिक अवस्थाको बारेमा खुलेर बोल्नु । पछिल्लो समय समलिङ्गी ब्यक्तीहरु खुल्न थालेका छन् । पहिले आफ्नो पहिचान खुलाउन डराउनेहरु अहिले समाजमा देखिएको सोचको परिवर्तनसंगै परिवर्तित भएका छन् । नेपालमा पनि त्यो परिवर्तन देखिएको छ ।

परिवर्तित समाजमा आफ्नो लैङ्गिक अवस्थालाई नलुकाउ भन्ने मुख्य हेतुले प्रविन श्रेष्ठको निर्देशनमा लेजबियनको कथा समेटिएको एक म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘मन’ एल्बममा समावेश दर्पण यात्रीको शब्द तथा जीतेन तामाङ लामाको संगीतमा अन्जु पन्तको स्वर रहेको ‘मैले भुल्न’ बोलको उक्त गीतको भिडियोमा नायिका द्वय रीमा विश्वकर्मा र बेनिशा हमाललाई लेजबियन जोडीको रुपमा प्रस्तुत गरिएको छ । भिडियोमा लेजबियन बनेका यी दुई नायिकाको इन्टिमेट सिन समेत समावेश गरिएको छ । भिडियोमा उत्तम हुमागाईको छयांकन, कसम नेपाल र मन्जिल श्रेष्ठको सह-निर्देशन तथा निर्देशक प्रविन श्रेष्ठकै सम्पादन रहेको छ । भिडियो मोक्क्ष प्रोडक्सनको प्रस्तुतीमा हेलो नेपाल इन्टरटेनमेन्टले निर्माण गरेको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.