‘दाल भात तरकारी’ शुभ मुहूर्त सम्पन्न


सेलिब्रेटी नेपाल

काठमाडौँ: मह संचारको ब्यानरमा सुदन केसीले निर्देशन गर्ने चलचित्र ‘दाल भात तरकारी’ को शुभ मुहूर्त गरिएको छ । काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा चलचित्रको मुहूर्त सम्पन्न भएको हो । मुहर्तमा चलचित्रका कलाकार प्राबिधिक तथा चलचित्र पत्रकारहरुको उपस्थिति रहेको थियो । मुहूर्त कार्यक्रममा हरिवंश आचार्य, आँचल शर्मा, मदनकृष्ण श्रेष्ठ, दीपकराज गिरी, पुष्प खड्का, निकिता पौडेल लगायत उपस्थित थिए । चलचित्रको कथा, पटकथा र संवाद हरिवंश आचार्यले लेखेका हुन् । किरण केसी प्रस्तुतकर्ताका रुपमा रहेको चलचित्र मङ्सिर १ गते बाट फ्लोरमा जाँदैछ ।

चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, प्रियंका कार्की, पुष्प खड्का, निरुता सिंह, अनुराग कुँवर, शिशिर वाङ्देल, आँचल शर्मा लगायतका कलाकारको अभिनय रहनेछ । चलचित्रमा समावेश ३ वटा गीतमा शम्भुजित बास्कोटाले संगीत भरेका छन् । चलचित्र २०७६ वैशाख १३ गतेबाट प्रदर्शनमा ल्याउने निर्माण टिमको योजना रहेको छ । दाल भात तरकारी खानकै लागि मानिसले गर्ने संघर्षलाई हाँस्यरसमा यो चलचित्रले उठान गर्नेछ ।