सेलीब्रेटी नेपाल फागुन १० गते -नेपाल पर्यटनबोर्ड भृकुटीमण्डपमा आज बिहिबार देखि मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुरु हुँदैछ ।महोत्सवमा नेपाल, भारत, अमेरिका, इजरायल, पाकिस्तान, बंगलादेश लगायत देशका २६ वटा चलचित्र तथा बृतचित्र प्रदर्शन गरिने भयको छ । महोत्सवको बिहीबार बिहान ११ बजे राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।मानवअधिकारको रक्षा र संरक्षणको प्रवद्र्धनका लागि चलचित्र महोत्सवको आयोजना गरिएको आयोजक समितिका सदस्य विष्णु खत्रीले जानकारी दिनुभयो । महोत्सवको बिहीबार बिहान ११ बजे राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले उद्घाटन गर्ने कार्यक्रम छ ।बिहीबार पहिलो दिन ओस्कार अवार्ड पाएको पाकिस्तानी चलचित्र सेभिङ फेसको प्रदर्शन गरिनेछ ।महोत्सब चार दिन सम्म चल्ने छ ।
सम्बधित पोस्टहरु
‘जदौ’ मा मुकुन र साम्राज्ञी पछि नीति शाह अनुबन्धित
काठमाडौं । अन्तरजातिय प्रेमकथामा निर्माण हुने तयारीमा रहेको चलचित्र ‘जदौ’ मा नीति शाह अनुबन्धित भएकी छिन् । नीति र ‘जदौ’ निर्माताबीच शनिबार राजधानीमा सम्झौता भएको हो । काजी लिम्बूको लेखन रहेको फिल्मको प्रमुख एक...
के देखिन्छ ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को पोस्टरमा ?
काठमाडौं । सिनेमाले भावना बोल्दछ, र पोस्टर त्यो भाषाको पहिलो अनुहार हो । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को सार्वजनिक गरिएको पोस्टरले त्यही मौन संवादलाई गहिरो बनाएको छ । निर्माण टिमले काठमाडौंसँगै झापा, धरान...
‘एक्लो’को फर्स्टलुक भिडियो सार्वजनिक, कान्स मार्केट पछि चर्चा चुलिँदै
काठमाडौं। वैज्ञानिक कल्पनामा आधारित नेपाली चलचित्र ‘एक्लो’ को फर्स्टलुक भिडियो सार्वजनिक गरिएको छ। ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भिडियोमा चलचित्रका सबै प्रमुख पात्रको लुक्सलाई देखाईएको छ। चलचित्र ‘एक्लो’...
‘प्रतिवैरम’ को आइटम गीतको छायांकन सम्पन्न, प्रियंका कार्कीको छमछमी
काठमाडौँ। निर्देशक रोशन दासको निर्देशनमा निर्माण भईरहेको चलचित्र ‘प्रतिवैरम’ को आइटम गीतको छायांकन सम्पन्न गरिएको छ। मधेशको कथामा आधारित यस चलचित्रको गीत चलचित्र विकास कम्पनीको भव्य सेटमा दुई दिनसम्म खिचिएको हो। कोरियोग्राफर...
चलचित्र ‘मिरमिरे’को काभ्रेपलाञ्चोकबाट छायांकन सुरु
काठमाडौँ। चलचित्र ‘मिरमिरे’को छायांकन सुरु भएको छ । एक हप्ता वर्कसपमा बसेको निर्माण टिम काठमाडौंबाट शुक्रबार छायांकनमा निष्किएको थियो । आज (शनिबार)बाट चलचित्रको छायांकन सुरु भएको हो । निर्माणपक्षले पनौती नगरपालीका ११ बल्थली स्थित...
‘यो मन त मेरो नेपाली हो’ शीर्षक गीत सार्वजनिक, देशप्रेम झल्किने भव्य दृश्य
काठमाडौं। आगामी असार २७ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को शीर्षक गीत सार्वजनिक गरिएको छ। देशभक्ति भावना भरिएको यो गीतमा चलचित्रका मुख्य कलाकारहरू विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई...