सेलीब्रेटी नेपाल फागुन १० गते -नेपाल पर्यटनबोर्ड भृकुटीमण्डपमा आज बिहिबार देखि मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुरु हुँदैछ ।महोत्सवमा नेपाल, भारत, अमेरिका, इजरायल, पाकिस्तान, बंगलादेश लगायत देशका २६ वटा चलचित्र तथा बृतचित्र प्रदर्शन गरिने भयको छ । महोत्सवको बिहीबार बिहान ११ बजे राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।मानवअधिकारको रक्षा र संरक्षणको प्रवद्र्धनका लागि चलचित्र महोत्सवको आयोजना गरिएको आयोजक समितिका सदस्य विष्णु खत्रीले जानकारी दिनुभयो । महोत्सवको बिहीबार बिहान ११ बजे राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले उद्घाटन गर्ने कार्यक्रम छ ।बिहीबार पहिलो दिन ओस्कार अवार्ड पाएको पाकिस्तानी चलचित्र सेभिङ फेसको प्रदर्शन गरिनेछ ।महोत्सब चार दिन सम्म चल्ने छ ।
सम्बधित पोस्टहरु
‘कार्की साइँला’को प्रदर्शन मिति परिवर्तन, असोज २ गतेदेखि प्रदर्शनमा आउने
सार्वजनिक गरिएको नयाँ पोस्टरमा अभिनेता जितु नेपाल र अभिनेत्री प्रियना आचार्यलाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ।
‘गौँथली’ मा अरुण सिम्रनको नयाँ जोडी, साउन १ देखि दर्शकमाझ
अरुण र सिम्रनको यो पहिलो अनस्क्रिन सहकार्य भएकाले उनीहरूको केमेस्ट्रीलाई दर्शकले कस्तो प्रतिक्रिया दिनेछन् भन्ने विषय पनि चासोको केन्द्र बनेको छ।
चलचित्र ‘आइ एम जीत बहादुर’ को रोमान्टिक गीत सार्वजनिक
सार्वजनिक गीतको भिडियोमा अभिनेता जीतु नेपाल र प्रियंका कार्की रोमान्टिक अवतारमा प्रस्तुत भएका छन्।
डेब्यु चलचित्रमै मुख्य भूमिकामा समिया, ‘तीन तिघ्रे क्या बिग्रे’ मा भित्रिइन्
चलचित्रमा चर्चित गायक पशुपति शर्मा तथा लोकप्रिय गायिका अन्जु पन्तकी छोरी परितोषिका पन्त पनि मुख्य भूमिकामा देखिनेछन्। यी दुवै कलाकारका लागि पनि यो पहिलो चलचित्र हुनेछ।
‘झिंगे दाउ २’का तीन नयाँ पोस्टर सार्वजनिक, प्रचार अभियान औपचारिक रूपमा सुरु
ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको यस चलचित्रमा सुलभ प्रतीक, प्रतीक देउजा र समीक्षा देउजाको लगानी रहेको छ।
चाम्सको निर्देशनमा मदनकृष्ण श्रेष्ठको जीवनमाथि चलचित्र ‘मदनकृष्ण’ बन्ने
मिलन चाम्स बायोपिक निर्माणमा अब्बल निर्देशक मानिन्छन् । उनले गत वर्ष चलचित्र ‘अञ्जिला’ निर्माण गरेका थिए, जुन राष्ट्रिय फुटबल टिमकी गोलरक्षक तथा क्याप्टेन अन्जिला तुम्बाप्पेको बायोपिक थियो ।


