गृहमन्त्रीको हातबाट प्रल्हादको दोस्रो एकल एल्बम ‘महक २’ सार्वजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ
गायक प्रल्हाद तिमिल्सिना आधुनिक शैलीका गीतहरुको दोस्रो एकल एल्बम ‘महक २’ सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक भव्य सांगीतिक समारोहमा गृहमन्त्री राम बहादुर थापा ‘बादल’, संगीतकार शम्भूजीत बासकोटा, आलोकश्री, गीतकारहरु राजेन्द्र थापा, डा.कृष्णहरी बराल तथा एसपी कोइरालाले संयुक्त रुपमा उक्त एल्बम लोकार्पण गरेका हुन् ।

विमोचित ‘महक–२’ एल्बममा १० वटा गीत समावेश छन् । एल्बमका गीतहरुमा वरिष्ठ संगीतकार शम्भूजीत बासकोटा, सुरेश अधिकारी, आलोकश्री, न्ह्यू बज्राचार्य, महेश खड्का, वसन्त सापकोटा, विकास चौधरी तथा आशिष अविरलद्वारा संगीतबद्ध गीतहरु समावेश गरिएका छन् । यी गीतहरु डा.कृष्णहरी बराल, जीवन लुईंटेल, राजेन्द्र थापा, वसन्त सापकोटा, एसपी कोइराला तथा निश्चल श्रेष्ठले रचना गरेका हुन् ।

एल्बममा तिमीलाई नभेटुँ की, हिउँ सरी, ढकमक्क गुँरास, वचन दियौ धड्कनले, थोत्रो रेडियो, भनि देउ न कस्तो लाग्छ, सञ्चै छु भनी, पिरतीको खेल, इल्ली बिल्ली तथा पैले भनेको माया बोलका गीतहरु सुन्न सकिन्छ ।

विमोचन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले गायक तिमिल्सिनाको गायकीको प्रसंसा गर्दै सांगीतिक क्षेत्रमा पाइरेसीमा समस्या भए गृह मन्त्रालय त्यसलाई समाधान गर्न तत्पर रहेको धारणा व्यक्त गरे । ‘संगीतमा भएको सर्जकहरुको लगानी सुरक्षित हुनु पर्छ, मन्त्री थापाको भनाइ थियो–‘पाइरेसी गरेर सर्जकको सम्पत्ति चोर्ने जस्ता प्रवृत्ति देखा परे गृह मन्त्रालयलाई त्यसलाई समाधान गर्न सधैं तयार हुनेछ ।’
विमोचित एल्बमको समिक्षा गर्दै संगीतकार शान्तिराम राईले महक–२ मा समावेश अधिकांश गीतहरु कर्णप्रिय रहेको बताए । ‘स्थापित संगीतकार तथा सिद्धहस्त गीतकारका शब्दमा गायक प्रहलाद तिमिल्सिनाको स्वर सुहाएको छ, संगीतकार राईको भनाइ थियो ।

समारोहमा गायक तिमिल्सिनाले एल्बमका दुई गीत प्रस्तक्ष सुनाएका थिए भने तीन वटा गीतका म्युजिक भिडियोहरु प्रिमियर गरिएको थियो । ती मध्ये थोत्रो रेडियो…शीर्षकको गीत यूट्युबमा समेत सार्बजनिक भई सकेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.