अस्ट्रेलियाबाट आयो गायक बिष्णु हरी पौडेलको ‘हुलाकी’ (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

अस्ट्रेलिया निवासी नव गायक बिष्णु हरी पौडेलले गीत ‘हुलाकी’ भिडियो सार्बजनिक गरिएको छ। अस्ट्रेलियामा नै रहेर लामो समयदेखि संगीत कर्ममा लागेका संगीतकार तथा गीतकार किरण भण्डारीको शब्द तथा संगीत रहेको यो गीतमा प्रवासमा रहेर नेपालको याद र मर्मलाइ गहकिलो ढंगले प्रस्तुत गर्न खोजिएको छ ।

गीतको म्युजिक भिडियोमा गीतको भावअनुसार हुलाकीले आफ्नो देश,आफन्तजन र बिशेषगरी मायालुको यादरुपी चिनो ल्याए पनि आफु भने विदेश भुमिमा मेहनत र परिश्रम गर्दै गर्दा कतिपय कुराहरु भावना भित्र मात्रै सिमित रहेको र चराले आफ्नो गुँड सम्झेर सधै फर्किने मात्रै बारेमा सोचेको तथ्यलाइ बिम्वात्मक रुपमा प्रस्तुत गरिएको छ । नेपाल र अस्ट्रेलियामा छायांकन गरिएको भिडियोमा करिश्मा ढकाल र सुमन देवकोटाको मार्मिक अभिनय रहेको छ । बुद्ध थापा र किरण भण्डारीको सिनेमाटोग्राफी सुप्रिम पराजुलीको सम्पादन र अर्जुन तिवारीको डीओपी रहेको भिडियोलाइ फाटी प्रोडक्सनले निर्माण गरेको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.