सेलिब्रेटी नेपाल फागुन ७ गते-चलचित्र ‘नाईन ओ क्लक’को नेपाल प्रदर्शनपछि भारतीय टेलिभिजन च्यानल सोनी र जीटीभीबाट प्रसारणमा आउने भएको छ ।नेपालमा चैत्र १६ गतेदेखि देशभर प्रदर्शन हुने यो चलचित्रका निर्माता रमेश संबेदनाले नेपालमा प्रदर्शनमा आएको केही महिनामा उक्त टेलिभिजन च्यानलबाट प्रसारण हुने बताएका हुन् ।यस्तै यो चलचित्रको विभिन्न देशको प्रदर्शन मिति पनि तय भएको छ । चलचित्र मार्च महिनाको १५, १६ र १७ तारिखमा लण्डनमा प्रदर्शनमा आउने निर्माता संवेदनाको भनाई छ । चलचित्रको मलेसिया प्रदर्शन पनि पक्का भएको छ । भर्खरै मात्र मलेसिया पुगेर आएका निर्माता संवेदनाले भने, ‘मलेसियाका लागि भीसीडी र शो अधिकारी विक्री भएको छ ।’ उनले १७ लाखमा भीसीडी र प्रदर्शन अधिकार विक्री गरेको बताए । यस्तै चलचित्र मार्च २४ मा हङकङमा प्रदर्शनमा गरिने छ ।बाबुराम ढकालको निर्देशनमा तयार भएको यो चलचित्रमा सुमिना घिमिरे, ध्रुव दत्त लगायतका कलाकारको अभिनय छ ।
सम्बधित पोस्टहरु
सुजनको स्वरमा ‘बलिदान’ को ओएसटी गीत ‘जय बलिदान’ सार्वजनिक
काठमाडौँ। असोजको १३ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘बलिदान’ को ओएसटी गीत ‘जय बलिदान’ सार्वजनिक गरिएको छ । सुजन चापागाँइको स्वर र संगीत रहेको यो गीतमा हर्क साउदको शब्द छ । गीत ओएसआर डिजिटलको यु ट्युव च्यानल मार्फत सार्वजनिक...
हल सञ्चालनमा आएसँगै ‘कोशेढुङ्गा’को प्रदर्शन निरन्तर
काठमाडौँ। निर्देशक सरोज पौडेलको निर्देशनमा बनेको चलचित्र ‘कोशेढुङ्गा’ ले सोमबारदेखि पुनः प्रदर्शन निरन्तरता पाएको छ। भदौ १२ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्रले दोस्रो सातासम्म उच्च अकुपेन्सीसहित दर्शक आकर्षित गरिरहेको थियो। तर...
चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ फूलपातीमा
काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ फूलपाती अर्थात् असोज १३ गते रिलिज हुने भएको छ । भदौ २७ गते प्रदर्शनमा आउने तय भएको चलचित्र फूलपातीका दिन रिलिज हुने भएको हो । जेनजीको प्रदर्शनका कारण रिलिज रोकिएको यो चलचित्र पछि सरेर...
‘रिमै’ सोमबारबाट हल सञ्चालनमा आएसँगै प्रदर्शनमा आउने
काठमाडौं । गत भदौ २० गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘रिमै’ सोमबारबाट हल सञ्चालनमा आएसँगै प्रदर्शनमा आउने भएको छ । भदौ २३ गते सोमबारसम्म निरन्तर प्रदर्शनरत सिनेमा नेपालमा चर्किएको जेनजी आन्दोलनको कारण स्थगित भएको थियो । दर्शक तथा...
खिल बहादुर निर्देशित चलचित्र ‘रिमै’ को प्रदर्शन स्थगित
काठमाडौं । गत भदौ २० गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘रिमै’को प्रदर्शन हाललाई स्थगित गरिएको छ । चलचित्रको निर्माण कम्पनी गोरखा सिरानचोक एण्ड लिगलिगकोटले मंगलबार एक विज्ञप्ती जारी गर्दै हाल चलिरहेको बिषम परिस्थिति सामान्य...
चलचित्र ‘अभिमन्यु’ तोकिएको मितिमा रिलिज नहुने
काठमाडौँ। यही भदौ २७ गतेबाट प्रदर्शनमा आउने भनिएको चलचित्र ‘अभिमन्यु’ तोकिएको मितिमा रिलिज नहुने भएको छ । जेनजी पुस्ताको आन्दोलनपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै चलचित्रको प्रदर्शन स्थगन गरिएको हो । निर्माता कम्पनी सेभेन सिज...