दैलो’ सबैले हेर्न पाउने


सेलिब्रेटी नेपाल
काठमाडौँ


जमुनादेवि फिल्मस प्रालिको ब्यानर मा सुरेश उप्रेतीले निर्देशन गरेको चलचित्र ‘दैलो’ को सेन्सर पास भयको छ। सेन्सर बोर्डले चलचित्रलाई युनिभर्सल सर्टिफिकेट दियको छ। समसामयिक विषयबस्तु माथी बनेको चलचित्रलाई सेन्सर बोर्ड पदाधीकारिहरुले रुचायका छन। नयाँ कलाकारहरुको बहुल्यियता रहेको चलचित्र ‘दैलो’ मा प्राय सडक नाटक गर्ने कलाकारहरु रहेका छन् ।

चलचित्रको यतिखेर लाग्यो मलाई कुतु कुतु बोलको गीतले चर्चा पाउदै छ । आगामी कार्तिक ३० गते प्रदर्शन हुने दैलो’ लाई दर्शकको भने कस्तो साथ मिल्ने हो त्यो भने प्रदर्शन पश्चात नै थाहा हुनेछ । सुरेश उप्रेतीको लेखन तथा निर्देशनमा तयार भएको ‘दैलो’मा सुरेश उप्रेती, दुर्गा साउद, विकास चापाँगाई, दिपक डोटेल, मुना प्रसाई, दिक्षा आचार्य, प्रदिप अधिकारी, सपना श्रेष्ठ, अनु ढुंगाना लगायतको मुख्य भूमिका रहेको छ । चलचित्रमा अर्जुन उप्रेती र यसोधा उप्रेतीको लगानी छ । विमलकुमार भट्टरार्इको छायांकन रहेको चलचित्रमा तारा थापा ‘किम्भे’को सम्पादन रहेको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.