काठमाडौं । ‘चङ्गा चेट’ले चलचित्रमा समावेश दोस्रो गीतको भिडियो सार्वजनिक गरेको छ ।
यसअघि चलचित्रमा मुख्य कलाकारहरु समेटेर ‘गोजीमा दाम छैन’ बोलको गीत सार्बजनिक गरेको चलचित्रले ‘ढल्की ढल्की’बोलको गीतको भिडियो सार्वजनिक गरेको हो । यस गीतमा पनि चलचित्रका मुख्य कलाकारहरु समेटिएका छन् ।
भिडियोमा तीन जोडी प्रियंका कार्की, आयुष्मान देशराज जोशी, रविन्द्र झा, सुरक्षा पन्त, सुरक्षा पन्त, सन्दीप क्षेत्री र परमिता राज्यलक्ष्मी राणा फिचर्ड छन् । हरिहर तिमिल्सिनाको शब्द, राजेन्द्र भाटको संगीत रहेको गीतलाई अल्मोडा राना उप्रेतीले गाएका हुन । भिडियोको कोरियोग्राफर प्रविण सिंह हुन ।
यसअघि सार्वजनिक गीत ‘गोजीमा दाम छैन’ अहिले चर्चामा छ ।
दिपेन्द्र के खनाल निर्देशित चलचित्र ‘चङगा चेट’ कात्तिक १६ गतेबाट प्रदर्शनमा आउँदैछ ।