चलचित्र ‘पेशा’ बन्ने घोषणा


सेलिब्रेटी नेपाल
काठमाडौँ ।


नेपाली चलचित्र ‘पेशा’ निर्माण हुने भएको छ। राजधानीमा बुधबार एक कार्यक्रमको आयोजना गर्दै चलचित्र निर्माण पक्षले चलचित्र निर्माण गर्ने आधिकरिक घोषणा गरेको हो। फायर इन्टरप्राइजेज प्रा लि को ब्यानर,रोजन रखालको प्रस्तुति तथा जीएस आलेको निर्माण रहने उक्त चलचित्रलाई निर्देशक विश्वदिप घिमिरेले निर्देसन गर्नेछन्।

चलचित्र ‘पेशा’ मा रोजन रखाल,प्रशान्त यादव,बालकृष्ण बन्जारा,पुरब बन्जारा,निशा सुनुवार,सरगम तामांग तथा अनिता रसाईलि को अभिनय रहनेछ। चलचित्रलाइ टिकाराम रखालले लेखेका हुन् त्यस्तै राजु जंगथापाको द्वन्द,टंक तथा जी एस आलेको संगीत तथा जनक पाख्रिनको नृत्य निर्देशन रहनेछ।

Copyright © 2012 - 2026 | All Right Reserved.