‘पछि उमेर ढल्किन्छ’ भन्दै दिपकले दिपिकालाइ फकाउदै ‘छक्का पञ्जा ३’ गीत सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

दशैँमा प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘छक्का पञ्जा ३’ को दोस्रो गीत सार्बजनिक गरिएको छ। सार्वजनिक ‘पछि उमेर ढल्किन्छ’ बोलको गीतमा चलचित्र मुख्य कलाकार दिपकराज गिरि,दिपिका प्रसाईं,केदार घिमिरे,जितु नेपाल,बुद्धि तामाङ फिचर्ड छन् । नवलपरासीस्थित सास्वत धाममा खिचिएको गीतको भिडियो आकर्षक बनेको छ ।

निशान भट्टराई र एन्जिला रेग्मीको स्वर रहेको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । गीतको शब्द अर्जुन र दीपकराज गिरीले लेखेका हुन् । पुरुषोत्तम प्रधानले खिचिएको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।
दीपाश्री निरौला निर्देशित चलचित्रले कमेडी कथामा सामाजिक सन्देश बोकेको बताइएको छ । यसको कथा दीपक आफैंले लेखेका हुन् । चलचित्रमा केदार घिमिरे (माग्ने बुढा) र जितु नेपाल (मुन्द्रे) कार्यकारी निर्माताको रुपमा रहेका छन् । दीपक, केदार, जितु र यमन श्रेष्ठले डाइलग लेखेका हुन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.