सेलिब्रेटी नेपाल
काठमाडौँ लभरब्वाईका रुपमा चिनिएका अभिनेता प्रदिप खड्कालाई फरक चरित्रमा प्रस्तुत गरिएको चलचित्र ‘रोज’ शुक्रबारबाट एकसाथ ९५ हलमा प्रदर्शनमा आएको छ । प्रेमकथामा अपराधलाई फ्युजन गरेर निर्माण गरिएको चलचित्रको निर्देशन निरक पौडेलले गरेका छन् । चलचित्र गोपिकृष्ण मूभिज र आरोही फिल्म्सको व्यानरमा निर्माण भएको हो ।
चलचित्रका वितरक गोबिन्द शाहीका अनुसार काठमाडौंको विश्वज्योती बाहेकसबै सिंगल र मल्टिप्लेक्स हलमा चलचित्र रिलिज हुनेछ । चलचित्रले काठमाडौंको क्युएफएक्समा शुक्रबार १५ ओटा शो पाएको छ । काठमाडौं बाहिर सबैजसो हलमा चलचित्र लाग्ने मोफसल वितरक मनोज राठीले बताए ।
चलचित्रमा परमिता राज्यलक्ष्मी राणा र मिरुना मगर कर्मा, बरुण शमशेर जबरा, नरेश पौड्याल, केदार भुषाल, पल्पसा डंगोल, प्रकाश श्रेष्ठ, प्रदीप दाहालको अभिनय रहेको छ ।
उद्धब पौडेलको प्रस्तुति रहेको चलचित्रमा मणिकरण केसी, आर्या पौडेल र आरोही केसीको लगानी रहेको छ । चलचित्रमा राजुविक्रम थापाको छायांकन, मित्रदेव गुरुङको सम्पादन, एलिस कार्की र अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।