कलेजका विद्यार्थीको मनोविज्ञानमा आधारित वेब एपिसोड ‘काठमाडौँ भाइब्स’ सार्वजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

युवाहरुलाई लक्षित गरेर निर्माण गरिएको नयाँ नेपाली वेब-एपिसोड ‘काठमाडौँ भाइब्स’को पहिलो भाग युट्युब मार्फत सार्वजनिक गरिएको छ । सपनाको शहर काठमाडौँमा कलेजमा अध्ययनरत युवा युवतीको वास्तविक जीवनमा आधारित भएर वेब-एपिसोड निर्माण गरिएको हो । काठमाडौँको विभिन्न भागमा छायांकन भएको चलचित्र पिएनपि मिडियाको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

सरोज खत्रीको निर्माण र पिएनपि मिडियाको प्रस्तुतिमा बनेको ‘काठमाडौँ भाइब्स’मा बिश्वाश भण्डारी, अमर लामा, ह्यारी कट्टेल, मेरिना माझी, बद्री पुडासैनी र बीबी राना, लक्ष्मी तामांग,मन्जु तामांग, उषा कार्की, एदिप राई र अन्जली थापाको मुख्य भूमिका रहेको छ। युबराज खत्रीको निर्देशन रहेको सिरिजलाई जीवन पराजुलीको छायांकन गरेका हुन्। अहिलेको समयमा यस वेब एपिसोड युवायुवती लगायत उनीहरुको बाबु आमाले मन पराउनेमा निर्माण पक्ष आशावादी छ। वेब एपिसोड प्रत्येक बिहिबार पिएनपि मिडियाको युट्युब च्यानल मार्फत सार्वजनिक हुनेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.