प्रदिप र मेलिनाको ‘ओ सानी’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

गायक प्रदिप पाण्डे र गायिका मेलिना राईको स्वरमा रहेको ‘ओ सानी’ बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । भिडियोमा रियालिटी शो डि.आइ.डि मा धमाका मचाएका डान्सर सुजन मार्पाको साथमा ओशन बास्तोला र रानी श्रेष्ठलाइ फिचर गरिएको छ । सार्बजनिक गीतमा शब्द तथा संगीत गायक स्वयम् प्रदिप पाण्डेको रहेको छ । आशिष अविरलले संगीत संयोजन गरेको गीतको भिडियोलाइ ज्ञानेन्द्र शर्माले छायांकन गरेका छन् भने विकास ज्ञवालीले सम्पादन गरेको भिडियोलाइ सुजन मार्पाले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । ओ सानी गीत अहिलेको समयको चल्तीको गीत बनेको छ । गायक प्रदिप पाण्डेले यस अघि पनि विभिन्न गीतहरुमा आफ्नो स्वर दिइ सकेका छन् । लेक्चरर पाण्डेले संगीत क्षेत्रमा पनि आफुले समय दिने र निरन्तर गीत संगीत सार्बजनिक गरि रहने बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.