साउथ स्टार जूनियर एनटिआरको पिताको निधन


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

साउथ स्टार जूनियर एनटिआरको पिताको निधन भएको छ । आन्द्र प्रदेशका पूर्व मुख्यमन्त्रि एनटी रामारावका छोरा नंदामुरी हरिकृष्णको सडक दुर्घटनामा निधन भएको छ। ६२ वर्षीय नंदामुरी दक्षिण भारतीय फिल्मका अभिनेता र राज्यसभा सांसद थिए। नंदामुरी हरिकृष्णा दक्षिण भारती फिल्मका चर्चित अभिनेता जूनियर एनटीआरका पिता हुन्।

हरिकृष्णाका अर्का छोरा कल्याण राम पनि दक्षिण भारतीय फिल्मका अभिनेता हुन्। हरिकृष्ण टीडीपी पोलिट ब्यूरो सदस्य र आन्द्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबू नायडूका भिनाजु हुन्। साथीको विवाहमा सहभागी हुन नेल्लोर जाने क्रममा दुर्घटनामा परी उनको निधन भएको थियो। दुर्घटनामा घाइते भएका हरिकृष्णालाई अस्पतालमा पुर्याइएपछि चिकित्सकले मृत घोषणा गरेका थिए। सन् २०१४ मा पनि हरिकृष्णका छोराको पनि नालगोडामा सडक दुर्घटनामा परी ज्यान गएको थियो। यही स्थानमै बाबु हरिकृष्णाको पनि दुर्घटनामा ज्यान गएको हो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.