मलेसियामा क्षत्रीको यो तन यो मन (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

सञ्चारकर्मी डब्बु क्षत्रीको गीति संग्रह ‘गुलाबी स्वरहरु’मा सँग्रहित गीत यो तन यो मन…को भिडियो सार्बजनिक गरिएको छ । क्षत्रीले आफ्नो जन्मदिनको अबसर पारेर आफ्नै यु ट्युब च्यानल व्युटी न्युज नेपालबाट यो भिडियो सार्बजनिक गरेका हुन् । सार्बजनिक गीतमा सन्तोष श्रेष्ठको संगीत र रेश्मा पुन मगरको स्वर रहेको छ । गीतलाई संगीत संयोजन जुगल डंगोलले गरेका हुन् ।

भिडियोको छायाँकन हालै मलेशियामा गरिएको हो । गीतको भिडियोमा कमला हाङखिम राई र पूर्ण सुब्बा योङहाङको अभिनय रहेको छ । भिडियोलाई सुजन न्यौपानेले खिचेका हुन् । भिडियोलाई अशोक मल्लले सम्पादन गरेका हुन् । भिडियो निर्देशक डब्बु क्षत्री आफैं हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.