सलमान र सोनाक्षी कै जोडी ‘दबंग ३’ मा


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

सलमान खान प्रोडक्सन बाट बन्ने फिल्म दबंग ३ मा सलमानको जोडी सोनाक्षी बन्ने पक्का भएको छ अभिनेता सलमान हाल ‘भारत’को छायांकनमा व्यस्त छन् । सलमान ‘भारत’ सँगै ‘दबंग ३’का लागि पनि तयार भई सकेका छन् र सुटिङका लागि फिल्मका स्टार कास्ट समेत लगभग फाइनल भैसकेको छ । जसमा चर्चित दबंग जोडी सलमान र सोनाक्षी नै प्रमुख भूमिकामा देखिने छन् । फिल्म ‘दबंग ३’ यो वर्षको अन्त सम्ममा फ्लोरमा गइसक्ने बताइएको छ ।

सलमानको फिल्म ‘भारत’लाई सन २०१९ को इदमा रिलिज गर्ने तयारीमा छन् भने ‘दबंग ३’ लाई २०१९ कै क्रिसमसमा प्रदर्शन गरिने भएको छ। २०१० मा रिलिज भएको सुपर हिट ‘दबंग’लाई अभिनव कस्यपले निर्देशन गरेका थिए । त्यस्तै अरबाज खानले निर्देशन गरेको दोश्रो दबंग सन् २०१२ मा रिलिज भएको थियो भने अब ‘दबंग ३’ लाई भने प्रभु देवाले निर्देशन गर्ने भएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.