अमेरिकन प्रसिक्षक नृत्य सिकाउन नेपालमा


सेलिब्रेटी नेपाल काठमाडौँ

नयाँ बजारमा रहेको भाइब इन्टरनेसनल डान्स स्कुलले बिदेशी प्रसिक्षक ल्याएर डान्स वर्कशप गर्न लागेको छ । आज आफ्नै स्टुडियोमा एक पत्रकार सम्मेलन गर्दै डान्स वर्क शपको बारेमा जानकारी गराईएको छ । अमेरिका बाट नृत्य प्रसिक्षक ब्रिटिनि अगुइलर नेपाल आएकी छिन । नेपालमा ८ दिन सम्म चल्ने उक्त वर्कशपमा अन्य दुइ जना बिदेशी प्रसिक्षकको पनि सहभागिता रहने उक्त डान्स स्कुलका संचालक इजिकेल परियारले बताए ।

आठ बर्ष देखि डान्स फिल्डमा नै काम गर्दै आइ रहेका परियारले भने ‘आफ्नो स्कुलका बिद्यार्थीहरुको क्षमता बृद्दी गर्ने र उनिहरुलाई इन्टरनेसनल लेभलको बनाउने उदेश्यका साथ बिदेसी प्रसिक्षकलाइ ल्याईएको हो’ । यहि वर्कशपको लागि अन्य दुइ जना बिदेशी प्रसिक्षक पनि आउने क्रममा रहेका छन् । कार्यक्रममा बक्सिङ्ग खेलका कोच ओम मास्केको पनि उपस्थिति रहेको थियो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.