मिस नेपाल युएसएमा १८ प्रतियोगी भिड्दै


सेलिब्रेटी नेपाल काठमाडौँ

‘मिस नेपाल युएसए २०१८’ को शिर्ष उपाधिका लागि १८ प्रतियोगी भिड्ने भएका छन् । बिभिन्न चराणको अडिसनबाट छानिएर यी प्रतियोगी अन्तिम स्पर्धामा आएका हुन् ।
१९ अगस्टमा आयोजना हुने अन्तिम प्रतिस्पर्धाका लागि प्रतियोगीहरु अहिले बिभिन्न प्रशिक्षण लिइरहेका छन् ।

पूर्व मिस नेपाल मेलिना जोशी, कोरियो ग्राफर सुरेश मानन्धर र फोटोग्राफर राजिव श्रेष्ठले उनीहरुको प्रतिभा निखार्ने काम गरिहेका छन् । अदीति श्रेष्ठ, आयशा ओझा, एन्जिला पौडेल, वर्षा बराल, विएन्का अधिकारी, विना श्रेष्ठ, दिलाशा न्यौपाने, कृति ढुंगेल, लाक्पा शेर्पा, नेलिया गुरुङ, पोसा थापा, सपना महर्जन, सपना गौतम, श्रेया नेपाली, सुजना रुपाखेती, सुकृती ढुंगेल, सुशाना पोखरेल र स्वीकृती भट्टराई अन्तिम प्रतियोगीताका लागि छानिएका प्रतियोगी हुन् ।

‘मिस नेपाल युएसए’ आफ्नो लागि अवसर र चुनौती दुबै भएको प्रतियोगीले बताएका छन् । प्रतियोगितामा सहभागी अधिकाम्स प्रतियोगीले नेपाल र अमेरिकामा रहेका नेपालीको निम्ति सामाजिक काम गर्ने बताएका छन् ।

इभेन्ट प्लानेट इंकले इप्लानेट नेपालको सहकार्यमा २०११ देखि गर्दै आएको मिस नेपाल युएसएको छैठौं संस्करणको व्यवस्थापन नेपाल ११ इन्टरटेइमेण्टले लिएको छ । टेक्ससको डलास नजिकको शहर सिटी अफ प्लानोले समेत सहकार्य गरेको कार्यक्रममा नेपाली समाज टेक्सस र नेपाल पर्यटन बोर्डले समेत साथ दिएको छ ।
प्रतियोगितामा मिस नेपाल युएसएको उपाधिका साथैं फस्ट रनर अप र सेकेण्ड रनर अप समेत घोषित गरिने छ ।अन्य बिभिन्न आधादर्जन उपशिर्ष बिजेता समेत छानिने प्रतियोगीताको प्रचार प्रसार इप्लानेट नेपालका अध्यक्ष सन्तोष सापकोटाले गरिरहेका छन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.