साहित्यकार तथा सञ्चारकर्मी दाहालको निधन


सेलिब्रेटी नेपाल काठमाडौँ
साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधि ‘जदौ’ को निधन भएको छ। फेरिएको मृर्गौलाले काम नगरेपछि लामो समयदेखि डायलसिस गर्दै आएका दाहाल बुधबार बिहान घरमै लडेपछि गम्भीर बिरामी भएका थिए। नियमित डाइलसिसका लागि जान खाना खाइसकेर जुठो थाल धारामा राखेर फर्किदै गर्दा दाहाल लडेका थिए।

शुक्रबार साँझ दाहालको धापाखेलस्थित सुमेरु अस्पतालमा निधन भएको उनका ज्वाइँ दिलिप भट्टराईले जानकारी दिए। सञ्चारकर्मी दाहाल नेपाली रेडियो उद्घोषणमा प्रिय मानिन्छन्। रेडियो नेपाल, एचबिसी एफएममा लामो समय बिताएका दाहाल पछिल्ला दिनमा रेडियो अन्नपूर्णमा कार्यरत थिए। ६५ वर्षीय दाहाल मण्डिखाटारस्थित घरमा आमा र श्रीमतीसँग बस्दै आएका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.