द एक्स ब्याण्ड र विपुल क्षेत्रीको ‘जात्रा रक्स’ बोस्टनमा


सेलिब्रेटी नेपाल काठमाडौँ

जात्रा नेपालको आयोजना तथा नेपाली वेबसाइट डटकमको सहकार्यमा अमेरिकाको बोस्टनमा ‘जात्रा रक्स लाईभ कन्सर्ट’ कार्यक्रम हुने भएको छ। ३ वटा म्युजिकल ब्याण्डका साथ आयोजना हुने उक्त लाईभ कन्सर्ट बोस्टनस्थित रोयल बोस्टनमा सम्पन्न हुनेछ ।कार्यक्रम अगष्ट १२ आइतबारका दिन साँझ ७:३० देखि १२:३० सम्म हुने छ। कार्यक्रममा दि एक्स व्ण्ड, विपुल क्षेत्री एण्ड द ट्राभलीङ व्याण्ड र ह्यारिटेज व्याण्ड वोस्टन गरि ३ वटा भिन्नाभिन्नै म्युजिकल ब्याण्डहरूले आफ्नो सङ्गीतिक प्रस्तुति दिने छन्।

दि एक्स व्याण्ड अन्तरगत शिव मुखिया, सजल राजभण्डारी र सुरेन्द्र श्रेष्ठ त्यसैगरी विपुल एण्ड ट्राभलीङ व्याण्ड अन्तरगत सोनम तासी, विपुल क्षेत्री, अचिन्त खरे, अमन सिंह राठोर, राहुल राई, प्रणय गुरुङ, किरण नेपाली र विनयमान अमात्यका साथमा बोस्टनको ब्याण्ड ह्यारिटेज व्याण्डका श्याम नेपाली, राज कपुर, रञ्जन बुढाथोकी, शैलेन्द्र सिंह, उज्ज्वल धौभडेल, सुशील घिमिरे लगायतका सङ्गीतकर्मीहरुले प्रस्तुति दिने छन्।

कार्यक्रम आयोजकका अनुसार कार्यक्रममा सहभागी हुनका लागि दर्शकहरुले पहिले लिँदा ३५ र कार्यक्रम स्थलमा लिँदा ४५ डलरको टिकेट खरिद गर्नु पर्नेछ। तीनवटा फरकफरक स्वादका सङ्गीतकर्मीहरूको सहभागितामा आयोजना हुन लगेको कार्यक्रमबाट आफूहरू आशावादी रहेको जात्रा नेपालका संयोजक उज्ज्वल धौभडेल र नेपाली वेबसाइट डटकमका संस्थापक सुरेश वाग्लेलेले जानकारी गराए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.