सलमान खानलाई नेपाल ल्याउने भन्दै करोडौं उठाएका गुरुङ पक्राउ


सेलिब्रेटी नेपाल काठमाडौँ

भारतीय फिल्म स्टार सलमान खान लगायतका कलाकारहरुलाई नेपाल ल्याएर कन्सर्ट आयोजना गर्ने भनेर टिकट बिक्री गरी करोडों रकम उठाएका सिमान्त गुरुङ पक्राउ परेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले करोडौं ठगेको अभियोगमा ओडिसी इन्टरटेनमेन्टका प्रमुख सिमान्त गुरुङलाई पक्राउ गरेको हो । गुरुङलाई लाजिम्पाट क्षेत्रबाट पक्राउ गरेको जनाएको छ ।

यसअघि ‘दबङ टुर’ टाइटलमा कार्यक्रम आयोजना हुने भन्दै ओडिसी इन्टरटेनमेन्ट प्रालिको नाममा गुरुङ समूहले करिब ४ करोड रुपैयाँ रकम उठाएको बताइएको थियो । जसमा नायिका सोनाक्षी सिन्हा, प्रभू देवा, मनिष पल लगायतका कलाकारहरु सहभागी हुने भनिएको थियो ।

गत फागुन २६ गतेका लागि तय गरिएको कार्यक्रम विप्लव माओवादीको धम्कीका कारण स्थगित भएको थियो । सलमानलाई नेपाल ल्याउने मिति पटक पटक सार्ने तर रकम फिर्ता नदिने गर्दै आएपछि सिमान्त गुरुङ विरुद्ध प्रहरीमा उजुरी परेको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.