‘तिमी हुन्छौ जहाँ जहाँ’ घरेलू बक्सअफिसमा सुखद सुरुवात


सेलिब्रेटी नेपाल काठमाडौँ

शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’ ले घरेलू बक्सअफिसमा सुखद सुरुवात गरेको छ । शुक्रबार ४०-५० प्रतिशत अकुपेन्सी कायम गरेको चलचित्रको शनिवार देशभर ७०-७५ प्रतिशत अकुपेन्सी रहेको निर्माता डालचन्द्र दवाडीले जानकारी दिए । शनिवार दिउँसो चलचित्रका अभिनेता मनिष सुन्दर श्रेष्ठ र अभिनेत्री तमन्ना केसी राजधानीका विभिन्न हल पुगेर दर्शकको प्रतिक्रिया बुझेका छन् ।

‘चलचित्रमा उठाईएको विषयवस्तु दर्शकले मन पराएका छन् । दर्शकको सकारात्मक प्रतिक्रियाले आगामी दिनमा समेत चलचित्रले राम्रो व्यापार गर्न सक्ने आशा छ,’ निर्माता दवाडीले भने । निर्देशक विकाश बस्यालको निर्देशनमा तयार भएको चलचित्रको कथा पनि उनकै हो । मदन दवाडी, डालचन्द्र दवाडी र हरीप्रसाद अधिकारी निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता प्रकाश बाँस्कोटा हुन् । विना कार्की सह-निर्मात्रीमा रहेकी छिन् ।

मलिना जोशी,मनिष सुन्दर श्रेष्ठ,तमन्ना केसी, विश्व बस्नेत, गीता अधिकारीलगायतका कलाकारहरुको अभिनय रहेको छ । माधव शर्मा घिमिरेको संवाद तथा पटकथा रहेको यस चलचित्रमामा रोशन श्रेष्ठको द्वन्द्व कविराज गहतराजको कोरियोग्राफी रहेको यस चलचित्रमा रामशरण उप्रेतीको छायांकन, भुपेन्द्र अधिकारी र सालिक दुलालको सम्पादन, डेभिल भण्डारीको गीत रचना र अर्जुन पोखरेलको संगीत रहेको छ ।