‘द कलेज एम्बेसडर २०१८’को उपाधि रायन र अनुष्मालाई


सेलिब्रेटी नेपाल काठमाडौँ
‘द कलेज एम्बेसडर २०१८’को उपाधि रायन कशजु र अनुष्मा रायमाझीले जितेका छन् । एससिई इन्स्चीच्युट अफ म्यानेजमेन्टका रायनले पुरुष तथा एपेक्स कलेजकी अनुष्माले महिला तर्फको उपाधि चुमेका हुन् । विजेता दुवैले उपाधिका साथमा विभिन्न अवसर पुरस्कारको रुपमा प्राप्त गरेका छन् ।

बिहिबार साँझ कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा आयोजित प्रतियोगितामा महिला तर्फ फष्ट रनर अप श्वेता सुवेदी र सेकेन्ड रनरअप प्रतिशा जोशी घोषित हुँदा पुरुष तर्फ रोमन मानन्धर फष्टरनर अप चुनिए । ग्रीन आर्ट मिडिया आयोजक रहेको प्रतियोगिताको यो १० औ संस्करण हो । र्यापर तथा गायक निणर्य श्रेष्ठ, मिस हेरिटेज तथा फेसन डिजाइनर, डान्स कोरियोग्राफर केशव थापा, सिर्जना दुवाल (सह सम्पादक नारी म्यागजित), चलचित्र निर्देशक तथा पत्रकार लक्ष्मण सुवेदी, मेकअप आर्टिस पुनम श्रेष्ठ लगायत निर्णायक रहेको प्रतियोगीतामा ४ केटा र ११ केटी रहेका थिए ।

प्रतियोगितामा मष्टफोटोजेनिक जेनिफर मानन्धर, मष्टट्यालेन्ट रश्मी शंकर विक, मष्टपपुलर रोहिशा श्रेष्ठ, मष्टडिसिप्लेन उज्जेन श्रेष्ठ, बेष्टड्रेस आयुष्मा रायमाझी, मष्टफ्रेण्डी श्वेता सुवेदी, वेष्टपफमेन्स शुवेच्छा श्रेष्ठ, बेष्टस्माइल सब्बु केसी, चार्मिङ पर्सनालिटी मेल रोमन मानन्धर, चार्मिङ पर्सनालिटी फिमेल रीया उप्रेती, बेष्ट आइडिया भिडियो प्रगिना जोशी, मष्ट पञ्चुअल रायन कसजु, मष्टबबली निरुता राई, मष्ट इन्टिलेक्च्युअल अनुष्मा रायमाझी, बेष्टस्पिकर प्रतिशा जोशी हासिल गरे ।

अनिला श्रेष्ठको कोरियोग्राफी रहेको कार्यक्रममा नेपाः डान्स एकेडेमिका हिपअप ब्वाइज, रोजिन पाण्डे, गायिका सुचित्रा गुरुङ लगायतको आकर्षक संगीतिक प्रस्तुति रहेको थियो । प्रतियोगिताको कोरियोग्राफी अनिला श्रेष्ठले गरेकी थिइन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.