मिस एसीयाको फ्रेन्चाइजी प्रतियोगिता ‘मिस एसीया’ अडिसन


सेलिब्रेटी नेपाल काठमाडौँ

अन्तरराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस एसीयाको फ्रेन्चाइजी प्रतियोगिता मिस एसीया नेपालको पहिलो चरणको छनौट काठमाण्डौमा सम्पन्न भएको छ । नेक्स्ट ईभेन्ट इन्टरनेशनलको आयोजना र म्याक मिडिया सर्भिसेजको सहकार्यमा भइरहेको प्रतियोगिताको नेपालमा यो दोश्रो संस्करण हो । कुल ३० प्रतियोगीको सहभागिता रहने यस प्रतियोगिताको दोश्रो चरणको छनौट साउन ९ गते शनिबार हुनेछ । छनौट हुने प्रतियोगीहरुले विभिन्न किसीमका तालीमहरु पाउनेछन् ।

यस प्रतियोगिताको बिजेताले मिस एसीयामा सहभागिता जनाउने अवसर पाउनुका साथै नगद एक लाख पुरस्कार पनि पाउनेछन । गतवर्षकी विजेता उकुशा गिरीले मिस एसीयामा सहभागी हुदै नेपाललाई एउटा बिधामा उपाधी दिलाएकी थिइन् । गतवर्ष उकुशाले नेपालको प्रतिनिधीत्व गर्दै एउटा बिधामा उपाधी ल्याएकी थिईन् ।

सौन्दर्य प्रतियोगिताहरुको माध्यमबाट नेपाली युवतीको क्षमता अन्तरराष्ट्रिय स्तरमा प्रस्फुटन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको सहआयोजक संस्था म्याक मिडीया सर्भिसेजका कार्यकारी निर्देशक सुदिपचन्द्र बख्रेलले बताए । “यस्ता प्रतियोगिताहरुले महिलाको आत्मबिस्वासका साथै क्षमता बिकाशमा राम्रो भुमिका निर्वाह गर्छ”, उनले भने– “प्रतियोगिहरुलाई राम्रोसँग तयार गर्ने बिषयमा हामी सजग छौ ।” प्रतियोगिताको फाइनल साउनको दोश्रो हप्ता हुने आयोजकले बताएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.