एक्सन कमेडी रोमान्स ‘भैरे’ ट्रेलर सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

साउन ४ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘भैरे’ को ट्रेलर सार्बजनिक गरिएको छ । अभिनेता दयाहाङ्ग राईको प्रमुख भूमिका रहेको चलचित्रको सोमवार राजधानीमा एक कार्यक्रमका बीच कलाकार र निर्माण टिमको उपस्थितिमा प्रेम, रोमान्स, कमेडी र एक्सनले भरिएको ट्रेलर सार्वजनिक गरिएको हो ।

यो चलचित्रका निर्देशक एभरेष्ट सुर्य बोहरा हुन् । यो चलचित्रको निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी रहेका छन् । करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत चलचित्रका सह-निर्मातामा छन् ।

नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित तथा लेख बहादुर पुन कार्यकारी निर्माता रहेको चलचित्र ‘भैरे’ मा बनिष शाहको सम्पादन र पुरुषोत्तम प्रधानको छायांकन रहेको छ ।

सूर्य थोक्करको द्वन्द्व रहेको यस चलचित्रमा दयाहाङ्ग राई बुद्धि तामाङ्ग, सुरक्षा पन्त, वर्षा सिवाकोटी, विक्रान्त बस्नेत, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको पनि अभिनय छ । चलचित्रको यस अघि दुइ गीत सार्बजनिक भई सकेको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.