धन कुमारी थापा सरुको ‘आज मुड चल्या छ’ सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

लोकदोहोरी गायिका धनकुमारी थापा (सरु), गायिका पूर्ण कला बिसी तथा लोक दोहोरि गायक बिक्रम थापाको दोहोरि गित ‘आज मुड चल्या छ’ को म्युजिक भिडियो एक कार्यक्रम बीच सार्बजनिक गरिएको छ। म्युजिक भिडियोमा मोडल दुर्गेश थापा तथा मोडल अन्जली अधिकारिको नृत्य तथा अभिनय रहेको छ । शब्द तथा संगीत करण न्यौपानेको रहेको यस गीतको म्युजिक भिडियोलाई क्रान्ति केसीले निर्देशन गरेका छन् भने अजय रेग्मीले छायांकन गरेका हुन ।

नुवाकोट जिल्लामा जन्मेर काठमाडौँलाइ कर्मथलो बनाएकी लोक दोहोरि गायिका धन कुमारी थापा सरु बिगत दुइ दशक देखि आफ्नो कला, भाका, लोक सस्कृति र पहिचान जोगाउन तल्लिन छिन । नेपालमानै पहिलो पटक रोदी अर्थात लोक दोहोरी साझ खोलेर लोक दोहोरिलाई ब्यबसायिक रुपमा अगाडी बढाएर निरन्तर रुपमा नेपाली लोक भाका, सस्कृतिको पहिचानलाइ जिबन्तरुप दिन सफल चर्चित तथा बरिष्ट लोक गायिका धन कुमारी थापा (सरु) नेपाली लोक संगीत क्षेत्रकि एक नक्षत्र बन्न सफल भएकी चर्चित गायिका हुन । निरन्तर रुपमा लोक संगीतको साधना गर्दै आएकी गायिका धन कुमारीले दर्जनौ चर्चित लोक गायक गायिकाहरु लाइ समेत आफ्नो रोदी घर बाट उनीहरुलाई स्थापित बनाउदै नेपालि लोक सांगीतिक फाटमा उत्पादन गरिसकेकी छिन। तसर्थ पनि उनलाई लोकसंगीतको हस्ती मानिन्छ । उनि गायिका मात्र नभएर एक कुशल गीतकार पनि हुन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.