‘लिलिबिली’ जोडी प्रदिप र जसिताको रोमान्स ‘लभ स्टेशन’ मा


सेलिब्रेटी नेपाल काठमाडौँ

अभिनेता प्रदिप खड्काको कगानी र अभिनय रहने चलचित्रको नाम ‘लभ स्टेशन’ जुरेको छ उज्जवल घिमिरेले निर्देशन गर्ने चलचित्र ‘लभ स्टेशन’ मा ‘लिलिबिली’ नायिका जसिता गुरुङ र प्रदिप खड्काको मुख्य भूमिका रहनेछ ।

प्रदीपसँगै गोविन्द शाही निर्माता रहेको चलचित्रको लागि अन्य दुई अभिनेत्रीको खोजी भई रहेको बताईएको छ । निर्माता शाहीका अनुसार चलचित्रमा तीन अभिनेत्रीको प्रमुख भूमिका रहनेछ । प्रदीप अहिले निरक पौडेलको निर्देशनमा बनिरहेको चलचित्र ‘रोजि’को छायांकनमा व्यस्त छन् । ‘रोजी’ को काम सकिए लगतै छायाँकनमा जाने ‘लभ स्टेशन’को स्क्रिप्टको काम अन्तिम चरण रहेको बताइएको छ ।

काफिया फिल्मस् र प्रदीप मिडिया प्रालिको व्यानरमा निर्माण हुने चलचित्रको अन्य प्राबिधिक हरु छनोट भई रहेको छ चलचित्र आगामी बर्षको फागुन २४ गते प्रदर्शनमा ल्याउने लक्ष्य रखिएको छ ।