ट्रेसमी फेसन रन वेमा दलजितका क्रियशन


सेलिब्रेटी नेपाल काठमाडौँ
ताहाचलस्थित पाँचतारे होटल ‘सोल्टी क्राउन प्लाजा’ शुक्रबार फेसन हब बन्यो । ‘ट्रेसमी दलजीत सुदान रन वे फेसन शो २०१८’नाम दिइएको अन्तर्राष्ट्रियस्तरको फेसन शोमा दुई दर्जन व्यवसायिक मोडल तथा कलाकार रन–वे नाप्न तयार हुँदैथिए ।

साँझको ८ बज्नै लाग्दा ‘इन्स्टुमेन्टल म्युजिक’को तालमा १९२ फिट लामो युसेफ र्याम्पमा मोडलहरु एक–एक गरी विरालो चालमा निस्किए । स्टेज परम्परागत भन्दा केही भिन्न थियो । त्यसैले मोडलहरुको विरालो हिडाइ हेर्न घाँटी तन्काउनु पर्दथ्यो । तन्किदै दर्शकले उनीहरुलाई तालीले हौसला दिएका थिए । एकपछि अर्को गरी मोडलहरुले ३ ‘सिक्वेन्स’मा बिभिन्न आकर्षक पहिरनहरु भएका थिए ।

नेक्स्ट मोडल नेपालको इभेन्ट व्यवस्थापनमा आयोजना भएको ‘ट्रेसमी दलजीत सुदान रन–वे फेसन २०१८’को उद्देश्य नेपाली कपडाको प्रवद्र्धन तथा नेपाली पहिरनलाई विश्वसामु पुर्याउनु हो । फेसन शो अहिले सम्मकै उत्कृष्ट भएको इभेन्ट व्यवस्थापन नेक्स्ट मोडल नेपालकी यतना पाण्डेले बताइन् ।

१६ महिला र ८ पुरुष गरी २४ मोडल र्याम्पमा उत्रिएका थिए । जसमा नग्मा श्रेष्ठ, आस्था पोखरेल, सविता कार्की, सुस्मिता थापा, बिबेक खड्का लगायत नेपालकै टप तथा ब्यवसायी उत्कृष्ट २४ मोडल मोडलिङ क्षेत्रमा कहलिएका नामहरु थिए ।

दलजित सुदान, जो एक अन्तर्राष्ट्रियस्तरमा चिनिएका फेसन डिजाइनर हुन् । शुक्रबार साँझ उनै दलजितको एकल क्रियशन प्रस्तुत गरिएको थियो । डिजाइनर दलजित सुदानले ‘म्याजिक अफ जफ्रान’ थिममा तयार पारेका डिजाइनहरू निकै आर्कषक देखिन्थे । थुप्रै फेसन सो मार्फत आफ्ना डिजाइनहरु प्रस्तुत गरिसकेकी सुदानको नेपालका लागि यो पहिलो एकल सो थियो ।