संगीतकर्मी संघको चौथो महाधिवेशनको तयारी पूरा


सेलिब्रेटी नेपाल काठमाडौँ

राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशनको तयारी पूरा भएको छ । यहि यही जेठ १२ र १३ गते काठमाडौंको भृकुटिमण्डपमा सम्पन्न हुन गइरहेको संघको चौथो महाधिवेशनको सम्पुर्ण तयारी पुरा भएको संघले जनाएको छ । जानकारी दिन आयोजीत पत्रकार सम्मेलनमा राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष नवराज घोरासैनीले नेपाली गीत संगीतभित्र देखिएका सम्पूर्ण समस्यालाई समाधान गर्नको लागि आफूहरु लागि परेको जनाए । त्यस्तै संस्थाका प्रथम उपाध्यक्ष राजेन्द्र कुमार कार्कीले कलाकारहरु राष्ट्रका गहना नभई राज्यको महत्वपूर्ण अगं भएको जिकिर गरेका छन् ।

जेठ १२ गतेको उद्घाटनलाई विषेश रुपमा सम्पन्न गर्ने र १३ गते बालाजुको बालाजु ब्याङक्वीटमा नेतृत्व चयन गरिने बताइएको छ । कार्यक्रममा संस्थाका उप महासचिव अमृत खातिले चौथो महाधिवेशनमा देशभरिबाट करिब ७ सय प्रतिनिधिको उपस्थिति रहने जानकारी दिए । पत्रकार सम्मेलनमा संस्थाका वरिष्ठ उपाध्यक्ष नमराज ढुङ्गाना, उपाध्यक्ष प्रकाश कटुवाल, उपाध्यक्ष उमा श्रेष्ठ, महासचिव श्यामसुन्दर धिताल, सचिव गोविन्द दुलाल, कोषाध्यक्ष रमेश दुलाल ‘कागे’, मोडलहरु रिना थापा, एलिना रायमाझी लगायतका कलाकारहरुको उपस्थिति रहेको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.