‘सुनकेसरी’ स्कुटीमा यात्रु ओसार्दै


सेलिब्रेटी नेपाल काठमाडौँ

जेठ ११ गतेबाट प्रदर्शनमा आउन लागेको ऋचा शर्मा अभिनीत तथा निर्मित हरर चलचित्र ‘सुनकेसरी’ ले नयाँ शैलीको प्रचारको सुरुवात गरेको छ । ऋचाले गाडी कुरेर बसेका यात्रुलाई निःशुल्क स्कुटीमा राखेर गन्तव्यसम्म पुर्‍याउने काम गरेकी छन् । यसका लागि उनीसँग टूटलले सहकार्य गरेको छ । टूटल, काठमाडौँ उपत्यका भित्र अनलाइनमार्फत् मोटरसाइकल तथा स्कूटीमा यात्रुलाई गन्तव्यसम्म पुर्‍याउने माध्यम हो । बिहीवार अभिनेत्री शर्माले पायक पर्ने ठाउँबाट ३र४ जना यात्रुलाई स्कुटीमा राखेर गन्तव्यसम्म पुर्‍याइन् ।

यात्रा अवधिभर उनले यात्रुलाई आफू अभिनीत चलचित्र ‘सुनकेसरी’ को विषयमा पनि जानकारी दिइन् । टूटलबाट ऋचालाई भेट्न पाउँदा यात्रुहरु खुसी देखिन्थे । अधिकांशले ट्रेलरले उत्साहित बनाएको भन्दै ‘सुनकेसरी’ हेर्ने वाचा गरे ।

यस चलचित्रका निर्देशक अर्पण थापा हुन् । यस फिल्ममा ऋचाका अलावा भीम न्यौपाने, रबिन्द्र झा, सुनिल पराजुली, तमन्ना शर्मा, लॉरेन लॉफबर्गलगायतका कलाकारहरुको अभिनय छ । ऋचाले अष्ट्रेलियामा बस्दै आएका भीम न्यौपानेसँगको सहकार्यमा यो चलचित्र निर्माण गरेकी हुन् ।

उक्त चलचित्रमा अष्ट्रेलियन दरबार बुटिक होटलका पहिलो पाहुना र भुतप्रेतबीचको गतिविधीलाई मुख्य कथा बनाइएको छ । चलचित्रमा शर्मिला सापकोटा र धर्मराज अधिकारी सह(निर्माताको रुपमा छन् भने कार्यकारी निर्माताको रुपमा मनोज अधिकारी छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.