कमेडीले भरि पूर्ण ‘अमेरिका बोइज’ ट्रेलर सार्वजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

यहि जेठ १८ गतेबाट रिलिज हुने चलचित्र ‘अमेरिका बोइज’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो काठमाडौंमा मस्ती गर्न घरमा अमेरिका जानका लागि ३ लाख रुपैयाँ मगाएर खाडी मुलुक गएका तीन युवाको कथा रोचक तरिकाले चलचित्रमा देखाइएको छ । कमेडी जनरामा बनेको चलचित्रको ट्रेलरमा पनि कमेडीले स्थान पाएको छ।

प्रवेश पौडेलको निर्देशनमा तयार भएको चलचित्रमा अर्पण थापा, कामेश्वर चौरासिया, सुनिल थापा, सन्दिप क्षेत्री, हरिहर शर्मा, अयभ बराल, आशिष प्रसाई, श्रृष्टी कार्की, शारदा गिरी, रश्मी भट्ट, रमा थपलिया लगायतका कलाकारको मुख्य भूमिका छ । प्रकाश भुजेल र इन्द्र प्रसाद खरेलले मिलेर यो चलचित्र बनाएका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.