दुवै हात गुमाएका टिका एकल साँझ गर्दै


सेलिब्रेटी नेपाल काठमाडौँ

गीतकार, संगीतकार तथा गायक टिका बोम्जन एकल साँझ हुने भएको छ । यो विषयमा काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरि जानकारी दिइयो । २०३५ सालमा जन्मिएका टिका नेपाली सेनामा कार्यरत थिए । त्यहि क्रममा २०५९ सालमा २२ वर्षको उमेरमा उनले देश र जनताको सेवा गदै गर्दा आफ्ना दुवै हात गुमाएका थिए । काम गर्ने दुवै हात गुमाउँदा पनि उनले जीवन बाट हरेश नखाई आफ्नो कर्ममा लागी रहे । नेपाली सेनाबाट बाहिरे पछि कहाा जाने के गर्ने केहि टुङ्गो थिएन । त्यहि बेला देखि आफ्नो मुखमा कलम च्यापेर गीत लेख्न थाले । यसै क्रममा उनले गुरु नन्दन कुमार श्रेष्ठसँग गान्दर्व सांगीतीक शिक्षा लिन थाले । आजसम्म आई पुग्दा उनका बहुचर्चित गायक, गायीकहरुका साथै आफ्नै स्वरमा करिब ३०० भन्दा बढि गीत बजारमा ल्याई सकेका छन । टिका बोम्जनका छाँगाबाट झरना झर्यो, मार्यो मलाई मार्यो, दुखै दुख पाएँ, बार प्रिय बार काँडे तारले बार, तिमी मेरो हुनै पर्छ भनेको नि होइन, मेरी सानु, रोशी खोला, फूलबारीमा फूल फूल्यो लगायतका गीतहरु बजारमा चर्चित छन ।

उनी २०६० सालमा युथ फेडेरेशन युवा शान्ति दुत बनेका थिए, भने मुखैले सवै भन्दा धेरै गीत लेख्ने गीतकार, युनिक वल्र्ड रेकर्ड, एभरेष्ट आउटस्ट्याण्डीङ्ग एचिभमेन्ट, मिराकल अवार्ड, उत्कृष्ट संगीतकार, सर्वोत्कृष्ट गीत गायक, हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजीक अवार्ड लगायतका सम्मान उनले पाएका छन । उनै बोम्जनको पहिलो पटक एकल साँझ गरिदैछ । हिमादय नेपाली ईभेन्ट्स प्रालीले बैशाख २८ गते आर्मी अफिसर क्लब भद्रकालीमा आयोजना गरिदैछ । उक्त एकल साँझ कार्यक्रमलाई टिका बोम्जन एकल सांगीतक साँझ २०७५ नाम दिइएको छ । साथै नेपाली संगीतको प्रवद्र्धनका लागी यो कार्यक्रम गर्न लागेकोले सम्पुर्ण देश तथा विदेशमा रहेका नेपाली संघसंस्था, व्यावसायी, समाजसेवी, पत्रकार र संगीतप्रेमीले यो कार्यक्रमलाई सहयोग गरि सफल बनाइदिनु हुन आग्रह गरिएको छ ।