आइडलबाट रकस्टारमा उदाएका उल्सनको ‘हुरि आयो’ मा आँचल


सेलिब्रेटी नेपाल काठमाडौँ

बहुचर्चित गायन रियालिटी शो नेपाल आईडलको पहिलो संस्करणबाट रकस्टारमा उदाएका उल्सन श्रेष्ठको पहिलो साङ्गितिक कोशेली ‘हुरि आयो’ सार्वजनिक गरिएको छ ।रकस्टार उल्सनले नेपालआईडलपछि लामो समयको अन्तरालमा आफ्नो पहिलो साङ्गितीक कोशेली ‘हुरि आयो’ आपनो फ्यान , श्रोता ,दर्शकमाझ ल्याएका हुन्।

गीतमा हर्कुलस श्रेष्ठको संगीत संयोजन रहेको छ । खोटाङका रकस्टार उल्सन नेपाल आईडलको टप ७ बाट बाहिरिएपछि लामै समयको सांगीतिक अभ्यासपछि उनले ‘हुरि आयो’ लाई ल्याएका हुन् गीतको म्युजिक भिडियोमा अहिलेकी चर्चित नायिका आँचल शर्मा, ईन्जमाम अलि खान र उल्सन आफैंले पनि अभिनय गरेका छन् ।

योर स्टाइल इन्टरटेन्टमेन्टले बजारमा ल्याएको भिडियोमा आँचल शर्माको सबैलाई रुवाउने अभिनय रहेको छ। अहिलेका चर्चित निर्देशक नितिन चन्दले निर्देशन गरेको भिडियोमा सुरेश नेपालीले छायांकन र डिन्सन शाहको सम्पादन रहेको छ यस अघि नेपाल आईडलका सन्ध्या जोशी, राहुल बिस्वास, केन्जल मेहर श्रेष्ठ, प्रमिला राई, निशान भट्टराई, बुद्ध लामा, सागर आले, सुजाता पाण्डे, सुरज थापा र प्रताप दासले नेपाल आईडल पश्चात साङ्गितिक कोशेली बजारमा ल्याईसकेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.