संचिताले गरिन पार्लरको शुभारम्भ


सेलिब्रेटी नेपाल काठमाडौँ

काठमाडौं स्थित नयाँ बनेश्वरमा मायाज ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको नयाँ शाखा खुलेको छ । एक औपचारिक कार्यक्रमको आयोजना गरी नायिका संचिता लुइँटेलले उक्त पार्लरको शुभारम्भ गरिन । बिगत १ दशक अघि देखी सौन्दर्य व्यवसाय गर्दै आएकी गीता गिरिले सो पार्लर संचालनमा ल्याएकी हुन् ।

भक्तपुर सुर्यविनायकमा मुख्य पार्लर रहेको मायाज ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको नयाँ बानेश्वर शाखा संगै १ महिना भित्रै कलंकीमा अर्को शाखा खोलिने संचालिका गिरीले बताइन । पार्लरले बिशेष गरी महिलाहरुको लागि सौन्दर्य सुबिधा उपलब्ध गराउनेछ र निकट भविष्यमै पुरुषहरुका लागि पनि सेवा उपलब्ध गराउने उदेश्य लिएको समेत संचालिका गिरीले बताइन । उद्घाटन कार्यक्रममा बोल्दै नायिका संचिता लुइँटेलले पार्लर सफलताको शुभकामना दिइन । पार्लरले नायिका लुइँटेलका लागि १ वर्षका लागि सम्पूर्ण सौन्दर्य सुबिधा निसुल्क गरेको छ भने त्यहाँ जाने अन्य कलाकारका लागि पनि बिशेष छुटको व्यवस्था गरेको छ । बैशाख महिना भरी पार्लरले सम्पूर्ण सेवा सुबिधामा ५० प्रतिशत छुटको समेत व्यवस्था गरेको छ ।