यम सरगमको ‘बिहानी को’सार्वजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

नयाँ बर्षको सुरुवातसँगै गायिका यम सरगमले आफ्ना दर्शक तथा श्रोताका लागी नयाँ बर्षको उपहार स्वरुप आफ्नो नयाँ गीत ‘बिहानी को’ सार्वजनिक गरेकी छन । यम सरगमले पछिल्लो समय प्रनिता चाम्लिङको शब्दमा दिनेश सुब्बाको संगीत रहेको उक्त गीत लिएर दर्शक श्रोता माझ आएकी हुन । रिमा विश्वकर्मा, रस्मी भट्ट र अनिल थापाको अभिनय रहेको भिडियोको छायाङ्कन उत्सब दाहालले गरेका हुन । भिडियोमा आफ्नो श्रीमान बिदेशमा हुँदा घरमा सासु तथा आग्रजले गर्ने नराम्रो व्यबहारले पिरोलिएकी एक बुहारीको कथा समेटिएको छ । सोनाम पाख्रिनको निर्देशन् रहेको उक्त भिडियो निशान घिमिरेले सम्पादन गरेका हुन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.