यस बर्षको ‘मिस नेपाल वर्ल्ड’ बनिन शृंखला खतिवडा


सेलिब्रेटी नेपाल काठमाडौँ

यस बर्षको ‘मिस नेपाल वर्ल्ड’ को उपाधि शृंखला खतिवडाले हात पारेकी छिन् । प्रतिस्पर्धामा सहभागी अन्य २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘मिस नेपाल वर्ल्ड’ को उपाधि हात परेकी हुन् । उनले उपाधि जितेसँगै ‘मिस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत पाएकी छिन् । उनलाई ‘मिस नेपाल वर्ल्ड’ निकिता चण्डकले क्राउन पहिराइदिएकी थिइन् । ‘मिस नेपाल यूनिभर्स’को उपाधि मनिता देवकोटाले जितेकी छिन् । उनलाई, सन् २०१७ कि ‘मिस नेपाल अर्थ’ नग्मा श्रेष्ठले क्राउन लगाइदिइन् । उनले ‘मिस यूनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

प्रतियोगीतामा ‘मिस नेपाल अर्थ’को उपाधि प्रिया सिग्देलले जितिन् । यस्तै, ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि रोनाली अमात्यले जितेकी छिन् । द हिडेन ट्रेजरले आयोजना गरेको यस बर्षको ‘मिस नेपाल २०१८’मा सुनिल शाक्य, भावना घिमिरे, रविन्द्र मिश्र, अशिष्मा नकर्मी, श्रीहर राना, प्रतिष्ठा अमात्य बिष्ट, दीपक बिष्ट, निकिता पौडेल, इभाना मानन्धर र राजुविक्रम शाह निर्णायकको रुपमा रहेका थिए । काठमाण्डौको अन्नपूर्ण होटलमा आयोजना भएको ‘मिस नेपाल’मा २५ जनाले प्रतिस्पर्धा गरेका थिए ।