दाहालको तिमि बाटमा सचिन र स्वस्तिमाको रोमान्स (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

आधुनिक पप विधामा स्थान बनाईरहेका गायक टेकन दाहालको स्वरमा रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘तिमीबाट’ बोलको यस गीतमा शब्द तथा संगीत कमल खत्रीको रहेको छ । भिडियोमा नायिका स्वस्तिमा खड्का र मोडल सचिन अधिकारीको अभिनय छ । भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका छन् । मोडल सचिनले यसै गीत मार्फत अभिनयमा डेब्यू गरेका हुन् ।

गीतले प्रेमी-प्रेमिकाको अञ्जानको गल्तीले निम्त्याएको घटनाको बयान गरेको छ । गर्भवती बनेपछि खुशी बनेकी प्रेमिकाले प्रेमीलाई यो कुरा सुनाउँदा बेवास्ता गरेपछि प्रेमिकाले आत्महत्या गरेपछिको भावनात्मक पागलपनलाई गीतको भिडियोमा प्रस्तुत छ । भिडियोको छायांकन अनिल के मानन्धरले गरेका छन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.