‘मिसेस नेपाल ग्ल्याम’को ताज अलाइजाले चुमिन्


सेलिब्रेटी नेपाल काठमाडौँ
३४ प्रतियोगीलाई पछि पर्दै अलाईजा महर्जनले ‘मिसेस नेपाल ग्ल्याम २०१८’को ताज जितेकी छन् । डिल्लीबजार काठमाडौकी ३३ बर्षिया महर्जनले शिर्ष उपाधिका साथमा ‘मिस कन्जिनियालिटी’ र ‘मोष्ट पोजेटिभ एटिच्युट’ उपाधि समेत हात चुमेकी छन् । शिर्ष बिजेता महर्जनले मंगलमुर्ती ज्वेलसबाट औठी, राइस एजुकेसनबाट आइएलटोफिएल कोर्सका साथै बिभिन्न मोडलिङ अवसर र गिफ्ट पुरस्कारको रुपमा प्राप्त गरिन् ।

जमलस्थित राष्ट्रियनाचघरमा मंगलबार अबेर साँझ सम्पन्न प्रतियोगीतामा बन्दना केसी फष्टरनरअप, शान्ती पाख्रिन लामा सेकेन्ड रनरअप, मोना भट्टराई थर्ड रनरअप र सुजता राई फोर्थ रनर अप घोषित भए । कार्यक्रममा बन्दनाले ‘बेष्ट स्पिच’ र ‘फेसबुक च्वाइस’, शान्तीले ‘मोष्ट ट्यालेन्ट’, मोनाले ‘मिसेज ब्युटिफुल’ चुनिदा सुजता,’पपुलर तथा बेष्ट स्माइल’ कल्पना आचार्य ‘भ्युअर्सच्वाइ’ र ‘मस्ट स्टाइलिस’ उपाधि बिजेता बनिन् ।

निर्देशक/कलाकार रमेश बुढाथोकी, मिसेज नेपाल इन्टरनेसनल सविता लामिछाने, गायक/नायक यस कुमार, अभिनेता/निर्माता गजित बिष्ट, गायक धिरेन्द्र र संगीतकार सरोज प्याकुरेल निर्णायक रहेको प्रतियोगीताको स्मृति कार्की संयोजक र अश्विनी झा कोरियोग्राफर तथा संचालक रहेका थिए ।

बिभिन्न दर्जन बढी उप–शिर्षकमा बिजेता समेत चुनिएको प्रतियोगीतामा मिसेजक्याटवाक रोजी खड्का, बेष्टहेयर ज्योती आचार्य केसी, मस्टफोटोजेनिक र बेष्टफिजिक पुनम सापकोटा, बेष्टपर्सनालिटी ज्योती सापकोटा, बेस्टस्क्रिन सृष्टी न्यौपाने तिवारी, मस्टडिसिप्लेन अंकिता शाह, बेष्टडान्स ममता शाही, ब्युटीविथपर्पस प्रतिभा लम्साल दाहाल, मष्टचार्मिङ पाल्साङ लामा, सोसियल्ली रेस्पोनसिबल सुनिता बुढाथोकी, मष्टएक्टिभ उषा न्यौपाने, मस्टआइकनिज आइज नम्रता कर्ण, बेष्टपरफर्मर सृजना बस्नेत, बेष्टफिटनजेश सुमित्रा श्रेष्ठ, मस्टक्रियटिभ बिइस्याङ तामाङ्ग प्याकुरेल, मस्टइन्टेलेक्चुअल सिरजना पनेरु, मस्टडिर्जभिङ कमला बास्तोला, बेष्टडान्सर करुणा न्यौपाने, बेष्टसिंगर गीता परियार, मिसेसलब्ली फेस पिंकी तामाङ, मस्टडायनामिक एए.सन्.पौडेल, मस्टफ्रेण्डी सुस्मा शाह, ब्युटी विथरेस्पोनसिबिलिटी लक्ष्मी खड्गी, ब्युटिफरहेल्थ गौरी भुजेल, मस्टपंचुअव ज्योती ठाकुर, मस्टगर्जियस छिरिङ लामा शेर्पाले हात पारे ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.