विल्सन र शिल्पाको जोडी कति सुहायो ? (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

गायक अमर राईको स्वरमा सजिएको चञ्चले नानीले बोलको गीत भिडियो सार्वजनिक गरिएको छ । गीतमा मणिपाल राईको शब्द र संगीत रहेको छ । गीतको भिडियोमा विल्सन विक्रम राई र शिल्पा पोखरेल देखिएकी छिन । पहिलो पटकसँगै देखिएको यो जोडीको भिडियो उत्कृस्ट बनेको छ । भिडियोमा यी दुईको जोडीलाई सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ । भिडियोमा विल्सनले शिल्पालाई मन पराउछन । यी दुईको प्रेमभावलाई नै भिडियोमा देख्न सकिन्छ ।

गीतलाई राजिव समरले कोरियोग्राफी गरेका हुन् । भिडियोमा उत्तम हुमागाईंको छायाँकन र बिकाश धमलाको सम्पादन रहेको छ । भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.