सञ्चारकर्मी तथा गीतकार देउजाको ‘सिउँदो’ सार्वजनिक( भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

सञ्चारकर्मी तथा गीतकार सन्तोष देउजाको म्यूजिक भिडियो ‘सिउँदो’ नयाँ वर्ष २०७५ को पूर्वसन्ध्यामा सार्वजनिक गरिएको छ । ‘धेरै बर्षपछि देख्दा तिम्रो सिउँदो भरेको पाएँ……’ बोलको शनिबार विशेष कार्यक्रम गरी सार्वजनिक गरिएको हो । युवराज केसरीको निर्देशन रहेको भिडियोमा देउजा स्वयम्ले पनि अभिनय गरेका छन् । देउजा संगै भिडियोमा युवराज केसरी र मनिषा पन्तले अभिनय गरेका छन् ।

रोशन कार्कीको स्वर रहेको उक्त भिडियोलाई रोयल इन्टरटेनमेन्टले सार्बजनिक गरेको हो । गीतकार देउजाले आफ्नै वाल्यकालको प्रेमीकालाई धेरैवर्षपछि भेट्दा अरु कसैले सिउँदो हालेको अवस्थामा देखेपछि त्यस बेला कस्तो पीडा हुन्छ भन्ने भावलाई गीतमा प्रस्तुत गर्न खोजेका छन् । म जस्ता धेरै अभागी प्रेमी यस संसारमा अरु पनि हुने भएकाले त्यस्ता व्यक्तिहरुका लागि यो गीत एउटा मनको ढुकढुकी बन्ने विश्वास आफूले लिएको गीतकार देउजाले बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.