बोकेदारीको चेतनामुलक गीत झापा सुरुङ्गा सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

लोकप्रिय कमेडी गायक श्रीकृष्ण लुईंटेल (बोकेदारी) को सामाजिक चेतनामुलक गीत ” झापा सुरुङ्गा” सार्बजनिक गरिएको छ​। यसपटक उनले आफ्नो गीतमा नेपाली समाजमा विवाहमा दिईने दाईजोको बिरोध स्वरुप आवाज उठाएका छन​। विवाह को लागीअर्काको छोरी लिन आउँदा छोरी मात्र लिने बिश्वाशका साथमा आउँ र जीवन छोरी सँग बिताउने हो दाईजो सँग होईन भन्ने मुल नारा बोकेको उक्त गीतको म्युजिक भिडियो पनि अत्यान्तै सन्देशमुलक रहेको देख्न सकिन्छ​। दिपेश प्रसाईंको शब्द लाई कृष्ण भन्डारीले सङ्गीत गरेको झापा सुरुङ्गा बोलको गीतमा स्वर श्रीकृष्ण लुईंटेल (बोकेदारी) को सुन्न सकिन्छ​। रावण एल्बममा समावेश उक्त गीतको बजार ब्यवस्थापन भाईब्स कृयसनको रहेको छ​।