२५ बर्षे सांगीतिक यात्रामा ‘तिमी मेरो साथि’


सेलिब्रेटी नेपाल काठमाडौँ

२५ वर्ष लामो संगीतिक यात्रा पार गरेका संगीतकार राजु सिंह तथा गीतकार बसन्त वित्यासी थापाले रजत जयन्तीको अवसरमा ‘तिमी मेरो साथि’ नामक एल्वमको ‘फुल भन्दा कमी छैन’ बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । राजधानिमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै संगीतकार राजु सिंहले आफ्नो सांगीतिक करियरमा नजरको दोषि बनि, रित्तो सडक जस्ता वित्यासीका गीतले आफ्नो ट्रनिङ पोइन्ट ल्याएको बताउँदै बसन्त आफ्नो गीतको फ्यान रहेको बताए । संगीत क्षेत्रमा २५ वर्षे लामो यात्रामा धेरै उतार चढाव आए पनि आगामी दिनमा समेत यस्तै सहकार्य रहिरहने बताए भने गीतका रचनाकार बसन्त वित्यासीले हाम्रो यो मित्रता सधैं यसरी नै अगाडि बढिरहने साथै दर्शक, श्रोता र मिडियाको माया पाए अझै राम्रा राम्रा गीतहरु पस्किन सफल हुने बताए ।
सार्बजनिक गरिएको उक्त भिडियोमा गणेश अग्रवाल, साधना शर्माको अभिनय रहेको छ भने राजेश पायल राईको स्वर, राजु सिंहको संगीत तथा बसन्त

वित्यासी थापाको शब्द तथा प्रदिप श्रेष्ठको एरेञ्ज रहेको छ । सञ्जय पाण्डेले निर्देशन गरेको यस भिडियोलाई सुरेश बज्राचार्यले खिचेका हुन् । राजु सिंह र बसन्त वित्यासीका सहकार्यमा एल्वम अविरल, ठुल्नानी, मित्रता, अनुरोध, गहना, दशक, जस्ता एल्वम यस अघिनै सार्बजनिक भइसकेका छन् भने सार्बजनिक भिडियो समावेस एल्वम तिमीमेरो साथि चाँडै बजारमा आउँदै छ । रित्तो सडकमा नजरको दोषी बनी, आश्वासन नदेउ, हिड्दा कहिले काहीँ ठेस लाग्छ, आलो मेरो घाउमा जस्ता वित्यासी र सिंहका चर्चित गीत हुन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.