खगेन्द्रको ‘डमरुको डण्डीबियो’ बैशाख २१ बाट


सेलिब्रेटी नेपाल काठमाडौँ

खगेन्द्र लामिछाने अभिनित चलचित्र ‘डमरुको डण्डीबियो’ वर्ष २०७५ को बैशाख २१ बाट सार्बजनिक प्रदर्शनमा आउने भएको छ । नेपालमा लोप हुँदै गइरहेको डण्डीबियोको कथालाई बोकेको चलचित्रलाइ नोभेम्वर रेन, क्लासिक र डायरीको स्क्रिप्ट लेखिसकेका स्क्रिप्ट राइटर छेतेन गुरुङले निर्देशन गरेका हुन् ।

चलचित्रमा खगेन्द्रका अलावा मेनुका प्रधान, अनुप बराल, वुद्धि तामाङ, लक्ष्मी बर्देवा, अंकित खड्का, नमिता घिसिङ लगायतका कलाकारको अभिनय रहेको छ । समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा विनोद गुरुङ र नोर्बु छिरिङ घलेको लगानीमा निर्माण भएको चलचित्रमा खगेन्द्रकै लेखन छ । प्रितम पाण्डेको सम्पादन रहेको चलचित्रमा कालीप्रसाद बास्कोटाको संगीत र हरी हुमागाइँको छायांकन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.